अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको सहकार्यमा तयार भयो थोपा

सुमन सापकोटा २०८० मंसिर १० गते १४:५८ मा प्रकाशित

काठमाडौँ । चर्चित गायिका रचना रिमालको स्वर रहेको थोपा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ । भिडियोले प्रेमीले धोका दिए पछि एक्लीएकी प्रेमीकाको विरहको कथालाई निर्देशक गौरव गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

सुदूरपश्चिमको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोष तामागंको सिनेमाटोग्राफी , भद्रजंग कुबरको सम्पादन तथा कलरि श्याम कुँवरको रहेको छ ।

भिडियो वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठको युट्युब च्यानल मार्फत बजारमा आएको हो । केही समय अघि मात्रै सङ्गीतकार नागेन्द्रले अन्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया