अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

प्रिमियर लिगमा आज सात खेल : शीर्ष स्थानको सिटी र दोस्रो स्थानको लिभरपुल खेल्दै

बिआरटीनेपाल २०८० मंसिर ९ गते ४:०४ मा प्रकाशित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । १२ खेलमा २८ अङ्ककासाथ सिटी शीर्ष र समान खेलमा २७ अङ्ककासाथ लिभरपुल दोस्रो स्थानमा छ ।

समान २७ अङ्क नै भए पनि आर्सनल तेस्रो स्थानमा छ । राति सवा ११ बजे ब्रेन्टफोर्ड र आर्सनलबीच खेल हुनेछ । त्यसअघि हुने आजका अरु खेलमा राति पौने ९ बजे सेफिल्ड युनाइटेड र बर्नमाउथ, नटिङ्घम फरेस्ट र ब्राइटन, बर्नली र वेस्ट ह्याम, लुटन टाउन र क्रिस्टल प्यालेस तथा न्युक्यासल र चेल्सी खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू