अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

आरोहण अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्न जरुरी : राष्ट्रपति

बिआरटीनेपाल २०८० कार्तिक १५ गते ७:०४ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताउनुभएको छ। पर्वतारोहण संघको ५० औँ वार्षिकोत्सव समारोहमा बुधवार उहाँले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने बताउनुभयो । राष्ट्रपति पौडेलले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू