अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन : रवि लामिछाने

बिआरटीनेपाल २०८० कार्तिक १५ गते ६:३१ मा प्रकाशित

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको छ ।

सभापति लामिछानेले संविधानको मर्म विपरित धनाढ्य र पहुँचवाला व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइने गरेको बताउदै महिलाको कोटामा समेत शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु चयन भइरहेका टिप्पणी गर्नुभयो । उहाँले सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको व्यक्ति शक्तिको आडमा समानुपातिकमार्फत संसदमा छिर्नु संविधानको ठाडो उल्लंघन भएको बताउनुभयो ।

सभापति लामिछानेले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु भुमिका खेल्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू