अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

महासचिव गुटेरेसको सम्बोधनमा नेपालको यथार्थ चित्रण : चित्रबहादुर केसी

बिआरटीनेपाल २०८० कार्तिक १४ गते ७:१२ मा प्रकाशित

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्नुभएको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताउनुभएको छ । मंगलबार महासचिव गुटेरेसले सम्बोधन गरेलगत्तै अध्यक्ष केसीले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो ।

शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिनुभएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाई नगर्न राज्य पक्ष र तत्कालिन विद्रोही पक्षलाई आग्रह पनि गर्नुभयो । आफ्नो पार्टी पीडितलाई थप पीडा दिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने ढिलाई गर्नुहुन्न भन्ने पक्षमा रहेको उहाँको भनाई थियो ।

अध्यक्ष केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकि काम पूरा हुने पनि दोहोर्‍याउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू