अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे सभामुखबाट जानकारी

बिआरटीनेपाल २०८० कार्तिक १३ गते ७:२६ मा प्रकाशित

सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे जानकारी लिनुभएको छ । सभामुख घिमिरेले सोमबार साँझ संयुक्त सदनको बैठक ९प्रतिनिधि सभा० कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गर्दै तयारीबारे जानकारी लिनुभएको हो ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार साँझ चार बजे संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरुलाई व्यवस्थापन पक्षमा त्रुटिरहित सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ ।

सभामुख घिमिरेलेलाई संसद सचिवालयका महासचिव डा.भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रियसभा सचिव डा।सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारी लगायतले तयारीबारे जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू