अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

विमानस्थलको सुरक्षामा खटिएका प्रहरी मानव तस्करीको आरोपमा पक्राउ

बिआरटीनेपाल २०८० कार्तिक १३ गते ७:०८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीमा संलग्न भएका आरोपमा एक जना प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीलाई उनलाई पक्राउ गरेको हो।तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबईलगायत खाडी मुलुक पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार उनी मानव तस्करका गिरोहसँग मिलेर भिजिट भिसामा सर्वसाधारणलाई खाडी मुलुक उडाउने कार्यमा संलग्न थिए। यसबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको छ। प्रहरी स्रोतका अनुसार उनको थप कनेक्सनबारे समेत अनुसन्धान भइरहेको छ। पक्राउ परेका तामाङ विगत तीन वर्षदेखि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकरत रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू