अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

विद्युतीय व्यापार सम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०८० कार्तिक १३ गते ६:२९ मा प्रकाशित

विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

समितिको निर्देशन सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको बताउनुभयो । उहाँले समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न नर्देशन दिएको बताउनुभयो ।

सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्ने र कार्तिक १६ गते बस्ने समितिको बैठकबाट पारित गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू