अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

२ सय ५० किलाे गाँजासहित सर्लाहीमा २ जना पक्राउ

बिआरटीनेपाल २०८० कार्तिक १२ गते ८:०२ मा प्रकाशित

सर्लाहीको कविलासी नगरपालिका–९ भलुवाहाबाट दुई सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्र्याक्टर चालक भाग्यनारायण महतो र २४ वर्षीय रवीन्द्र रायलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिनुभयो ।

गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारततर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा सिन्धुली र सर्लाही उत्तरी गाउँबाट बिक्रीका लागि ल्याएको प्रहरीले अनुमान गरेको छ । तस्करहरूले गाँजा प्लास्टिकमा पोका पारेर बिक्रीका लागि तराईको बाटो हुँदै भारतीय बजारमा पठाउने गरेका छन् । गाँजा खरिद गर्न भारतीय व्यापारी किसानको बारीबारीमा पुग्ने गरेका स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू