अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु हुँदैन : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० कार्तिक ११ गते ७:१६ मा प्रकाशित

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताउनुभएको हो । उहाँले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरु हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो ।

अध्यक्ष नेपालले अब सो विषयलाई टुंग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरु विभिन्न परिक्षामा जाचिएर आएका उल्लेख गर्दै आफूहरु पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू