अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

दशैँको टीका जारी, गाउँ गएकाहरु फर्कने क्रम बढेपछि शहरमा चहलपहल

बिआरटीनेपाल २०८० कार्तिक १० गते ६:३३ मा प्रकाशित

दशैँको टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशिर्वाद लिने क्रम जारी छ । धेरै ठाउँमा भोलि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।

विजयादशमीको दिन सबै मान्यजन र आफन्तकोमा पुग्न नभ्याइने भएकाले पूर्णिमासम्म नै टीका लगाउने गरिएको हो । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ ।

ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक बिश्वासको रूपमा लिने गरिन्छ । यस्तै दशैँ मान्न गाउँ गएकाहरु फर्कने क्रम पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू