अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

मुगुमा एकै परिवारका ४ जनाको शव फेला, हत्याको आशंका

बिआरटीनेपाल २०८० कार्तिक १० गते ६:३१ मा प्रकाशित

मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ । श्रीदवी बोहरा र उहाँका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

अहिले आफू पनि घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो । ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो । श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ । डिएसपी थापाले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू