अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

मनकामना केबलकार आजदेखि सञ्चालनमा

बिआरटीनेपाल २०८० कार्तिक ९ गते ५:३२ मा प्रकाशित

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । दशैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू