अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ पुस्तक विमोचन

बिआरटीनेपाल २०८० असोज २६ गते ६:३० मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दको उपन्यास ‘अपराजिता’को विमोचन गरिएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले लेखक चन्दको राजनीतिक तथा साहित्यिक यात्राको बयान गर्नुभयो ।

यस्तै, आजै राजधानीमा आयोजित अर्को कार्यक्रममा पत्रकार अमृता लम्सालको पुस्तकको विमोचन गरियो । पत्रकार लम्सालले माओवादी युद्धकालको रिपोर्टिङका अभुभव समेटेर लेखेको पुस्तक ‘मिडिया र म’ को विमोचन गरिएका हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू