अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

एसियाली खेलकुद : वर्षाले खेल रद्द भएपछि क्रिकेटको उपाधि भारतलाई

बिआरटीनेपाल २०८० असोज २० गते ५:३४ मा प्रकाशित

एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधि भारतले जितेको छ । चीनको हाङझाउमा अफगानिस्तानसँगको खेल वर्षाले रद्द भएपछि भारतले वरियताका आधारमा उपाधिसहित स्वर्णपदक जितेको हो।

वर्षाका कारण ढिला शुरु भएको खेलमा अफगानिस्तानले पहिला ब्याटिङ गर्दै १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाएको थियो । तर पानी परेपछि भारतले ब्याटिङ नै गर्न पाएन र खेल रद्द भयो । क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू