अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

क्रिकेटमा उच्च प्राथमिकता दिन्छौं : कार्यवाहक प्रधानमन्त्री खड्का

बिआरटीनेपाल २०८० असोज ५ गते ७:२२ मा प्रकाशित

उपप्रधान एवं रक्षामन्त्री तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा सुरु भएको नेपाल क्रिकेट संघको केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रस्तुती गौरवयोग्य रहेको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले चुनौतिहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र अब पर्याप्त नहुने भन्दै क्रिकेटमा लगानी बढाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाली टिमको औषत आयु हेर्दा विश्वका जवान टिममध्ये एक भएको भन्दै थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर रहेको बताउनुभयो । उहाँले क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल सरकार र संवद्ध सबै संघसंस्था र खेलाडीहरु स्वयंले पनि नेपालको महिला क्रिकेट टिमलाई सशक्त र मजबुत तुल्याउन दीर्घकालीन योजना बनाइ उच्च तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू