अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

अनेसास नवरत्न पुरस्कार समिति गठन

बिआरटीनेपाल २०८० भदौ ९ गते १२:१९ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई सम्मान गर्न समिति गठन गरेको छ । केन्द्रीय कार्यसमिति सदस्य तारा अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा पुनम काफ्ले र गोमा न्यौपाने सदस्य रहेका छन् । समितिले एक महिना भित्र ९ जना महिलाको नाम सिफारिस गर्नेछ । सिफारिसका आधारमा नगद २ सय डलर र सम्मान-पत्रसहितको नवरत्न पुरस्कार प्रदान गरिने छ । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।

Brochure template layout design. Corporate business annual report, catalog, magazine, flyer mockup. Creative modern bright concept circle round shape

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू