अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन्- प्रधानन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० साउन ३१ गते ६:४८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताउनुभएको छ । बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताउनुभएको हो । उहाँले विदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि गराइने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडी बढाइएको बताउनुभयो । उहाँले अनौपचारिक क्षेत्रको खासगरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटा महत्वपूर्ण संयन्त्र भएको पनि उल्लेख गर्नुभयो ।प्रधानमन्त्रीले सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धि स्थापनका लागि अगाडी बढीरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू