अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म अवरोध जारी राख्ने एमाले महासचिव पोखरेलकाे भनाई

बिआरटीनेपाल २०८० साउन ३१ गते ६:४५ मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्ड बारे उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म एमालेको विरोध रहिरहने बताउनु भएको छ । एमाले कैलालीद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आफै सुन प्रकरणमा संलग्न भएको पुष्टी हुन लागेकाले उच्चस्तरीय छानबिन आवश्यक रहेको बताउनुभयो ।महासचिव पोखरेलले सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु समेत सुन प्रकरणमा फस्ने देखिएपछि सरकार छानबिन समिति बनाउन अनिच्छुक रहेको दावी गर्नुभयो ।

महासचिव पोखरेलले सरकारमा रहेका र तिनका नेताहरुलाई जोगाउन सरकारले अनेक प्रपञ्च रचिरहेको बताउनुभयो । उच्चस्तरीय छानबिनको आवाज उठाउँदा विभिन्न आरोप लगाउँदै एमालेलाई कमजोर पारेर सरकार सुन काण्डबाट जोगिन खोजिरहेको उहाँको दावी छ । सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म एमालेको संसद अवरोधसंगै सघंर्षका कार्यक्रम जारी रहने महासचिव पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू