अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

६० किलो सुन प्रकरण : थप ४ जना चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०८० साउन ३१ गते ६:३८ मा प्रकाशित

विमानस्थलबाट भित्रिएको अवैध सुन प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले बताउनुभयो । प्रहरीले राजधानीका विभिन्न स्थानबाट मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई रहेका छन्। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको कठायतले जानकारी दिनुभयो । राजश्व अनुसन्धान विभागले साउन ३ गते सुनसहितको १५५ किलो ब्रेक शु बरामद विमानस्थलबाट चाँजपास भइसकेको अवस्थामा बरामद गरेको थियो। सो सुनलाई गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू