अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ : योजना आयोग उपाध्यक्ष श्रेष्ठ

बिआरटीनेपाल २०८० साउन ३१ गते ६:२६ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताउनुभएको हो ।

उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहने बताउनुभयो । दगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले दिगो विकासका लक्ष्य प्राप्तीका लागि संस्थागत रुपमा संयन्त्र बनाएको पनि बताउनुभयो । उहाँले सरकारले उत्पादन, रोजगार, कृषी र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू