अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

भियतनामी नागरिक लुम्बिनी र सगरमाथा आउन इच्छुक छन् : राजदुत हाइ

बिआरटीनेपाल २०८० साउन ३१ गते ६:२५ मा प्रकाशित

नेपालका लागि भियतनामी राजदुत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताउनुभएको छ । बुधबार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदुत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत हाइले यस्तो बताउनुभएको हो ।राजदुत हाइले भियतनामीहरु नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बीनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरु रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरुले प्रोत्साहन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रर्वद्धनका लागि सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल–भियतनाम कुटनीतिक सम्बन्ध राम्रो रहेको बताउनुभयो ।

राजदुत हाइले नेपाल–भियतनामको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल बिस्तार गर्न भियतनाम सकारात्मक रहेको बताउनुभयो। उहाँले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिषाका समस्या रहेको बताउनुभयो । उहाँले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्नसके सहज हुने बताउनुभयो। भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदुत हाइलाई आग्रह गर्नुभयो । उहाँले नेपाल–भियतनाम सम्बन्ध थप बिस्तार

राजदुत हाइले नेपाल र भियतनाम दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदानप्रदान हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू