अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

गाेरखामा बरामद भएकाे ‘टल्कने’ ढुङ्गा गोरखा दरबारमा राखिने, संरक्षणकर्तालाई पुरस्कार दिइने

बिआरटीनेपाल २०८० साउन ३० गते ८:१० मा प्रकाशित

सरकारले गोरखामा एक व्यक्तिको घरमा फेला परेको ‘टल्किने’ ढुङ्गा ‘क्वार्ज क्रिस्टल’  गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ुक्वार्ज क्रिस्टलु गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । यस्तै बैठकले’ क्वार्ज क्रिस्टल’ लाई अहिलेसम्म संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको मन्त्री ज्वालाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–७ सतिपिपलबाट गएको असार १४ गते यो ढुङ्गा बरामद गरेको थियो । लाखौँ रुपैयाँमा खरिदरबिक्रीका लागि मोलमोलाइ भइरहेको सूचनाका आधारमा प्रहरीले ढुङ्गा राखिएको घरमा छापा मारेर बरामद गरेको थियो । ढुङ्गाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । प्रहरीले बरामद गरेको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ रहेको खानी तथा भूगर्भ विभागले प्रमाणित गरेको थियो ।

आजै गोरखा नगरपालिकाले ‘टल्किने’ ढुङ्गा गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू