अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

चार जिल्लाका सीडीओ सरुवा

बिआरटीनेपाल २०८० साउन ३० गते ७:३७ मा प्रकाशित

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवन सरुवा, चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोट, नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ ।

त्यस्तै, धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू