अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

हिमाल आरोहीको संरक्षण र सुरक्षाका लागि कानून ल्याइन्छ : मन्त्री किराँती

बिआरटीनेपाल २०८० साउन ३० गते ७:३४ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणकालागि कानूनमै व्यवस्था गरिने बताउनुभएको छ । केटू हिमाल आरोहण गरेर फर्कीएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाईलाई सम्मान गर्दे उहाँले सरकारले हिमाल आरोहीहरुको संरक्षणकालागि कानुनमै व्यवस्था गर्ने बताउनुभएको हो ।शेर्पा र हिमाको सम्बन्ध नङ र मासुको भएको उल्लेख गर्दे नेपाललाई विश्वसामु चिनाउन शेर्पाहरुको भूमिकमा महत्पूर्ण रहेको पनि बताउनुभयो । पर्यटन क्षेत्रमा सुधार ल्याउन पुरानो पर्यटन नीति र ऐन कानून बाधक भएको भन्दै मन्त्री किराँतीले चाडै समयसापेक्ष ऐन ल्याउने पनि बताउनुभयो ।

उहाँले संखुवासभाले हिमाल अरोहीको जिल्ला भनेर परिचय बनाएको भन्दै मन्त्री किरातीले एकै घरका चार दाजुभाईको किर्तिमानले नेपालको शिर उच्च बनाएको बताउनुभयो । कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले पर्यटन क्षेत्रमा हिमाल अरोहणको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।पूर्वसांसद राजेन्द्र गौतमले आरोहिको संरक्षण र सुरक्षा हुन नसक्दा धेरै अरोहीहरु विदेश पलायन हुन थालेको बताउनुभयो । कोशी प्रदेशका सांसद राजेन्द्र कार्कीले कोशी प्रदेशलाई पर्यटनको हवको रुपमा बिकास गरीने बताउनुभयो ।

प्रख्यात हिमाल आरोही तथा पर्यटनबिद मिङमा शेर्पाले आर्थिक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रलाई सरकारले चिन्न नसकेको बताउनुभयो । कार्यक्रममा पाकीस्तानमा रहेको बिश्वकै दोस्रो अग्लो हिमाल आरोहण गरेर नयाँ विश्वकीर्तिमान कायम गर्ने मुक्तु शेर्पा, आङदावा शेर्पा, निग्मा दोर्ची शेर्पा र पिच्यूम्बी शेर्पालाई पर्यटन मन्त्री किरातीले सम्मानित गर्नुभएको थियो । कार्यक्रक संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू