अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

जातिय विभेद गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम

बिआरटीनेपाल २०८० साउन ३० गते ६:५५ मा प्रकाशित

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातिय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गर्नुभएको छ ।मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको हो ।

आज पनि नेपाल र भारत जातिय विभेदले पीडित हुनु परेकोमा आपत्ति जनाउँदै सांसद गौतमले त्यसको अन्त्य अब पीडकलाई सम्झाएर, बुझाएर नहुने जिकिर गर्नुभयो । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालको संविधानले जातिय विभेदलाई गम्भिर अपराधको रुपमा लिएपनि त्यस अनुसारको कानून नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्क समेत गर्नुभयो ।

आफूले शुरुदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्नका लागिग विद्रोह गर्नेहरुलाई कठोर जरिवाना गर्ने, दबाउने काम पनि संविधान अनुसारको कानूनी व्यवस्था नभएकै कारण हुन गएको पनि स्पष्ट पार्नुभयो । सांसद गौतमले जातीय विभेद गर्नेहरुको सम्पती कब्जा गरेर सरकारले पीडितलाई तत्काल राहत दिने व्यवस्था गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले जातिय विभेद अन्त्यका लागि संसद र संसदीय समितिले दिएको निर्देशनहरुको पूर्ण पालना गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू