अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८
| Colorodo: 06:13
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ‘ब्रेक शु’ बाट छुट्याउने काम शुरु भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा ‘ब्रेक शु’ बाट सुन छुट्याउने काम भइरहेको हो । सीआईबीले बरामद सुन जोख्न पत्र लेखेपछि आज साेमवार दिउँसोदेखि सुन छुट्याउने प्रक्रिया थालिएको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यले ‘ब्रेक शु’ बाट सुन छुट्याएपछि सुन गालेर तौल पत्ता लगाइने जानकारी दिनुभयो । राजस्व अनुसन्धान विभागले यही साउन २ गते विमानस्थलको भन्सारबाट तस्करी भएर सिनामङ्गल पुगेको सुन एउटा ट्याक्सीबाट बरामद गरेको थियो । अहिले यो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ ।