अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

माधव नेपालमाथि अदालतको आदेश संशयपूर्ण छ : मन्त्री भुसाल

बिआरटीनेपाल २०८० साउन २७ गते ६:४८ मा प्रकाशित

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष डा‍‍ बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानबिनको लागी दिएको आदेश नै संशयपूर्ण भएको बताउनुभएको छ । अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताउनुभयो ।

‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेको वेला हामीले त्यसलाई संशयको रूपमा लिएका छौ’, मन्त्री भुसालले भन्नुभयो । यद्यपि छानबिनलाई आफ्नो पाटीले सदैव सहयोग गर्ने उहाँको भनाइ छ । अध्यक्ष माधव नेपाललाई अदालतले छानबिन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको जिकिर गर्नुभयो । अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश गएको बताउँदै भाग्यो या भगायो भन्नू प्रतिशोधपूर्ण भावना भएको भुसालको भनाई थियो ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुग्नुभएका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू