अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

लमजुङको राइनास कटहरबारीमा जीप दुर्घटना हुँदा ९जना घाइते

बिआरटीनेपाल २०८० साउन २७ गते ७:०२ मा प्रकाशित

लमजुङको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका–९ भोटेओडार जाँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जीप शनिवार बिहान पौने ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक रेग्मीका अनुसार घाइतेमध्येका चालक सुन्दरबजार नगरपालिका–९ भोटेओडारका ३० वर्षे पुरन गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । घाइते गुरुङको दायाँ हातमा चोट लागेको छ । बाँकी ८ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो । घाइतेहरुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय भोटेओडार अस्पतालमा लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू