अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

विमानस्थलबाट पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

बिआरटीनेपाल २०८० साउन २७ गते ५:५० मा प्रकाशित

अध्यागमन विभागले शुक्रबार बिहान विमानस्थलबाट नियन्त्रणमा लिएका रोहन अडुकियासहित दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन्। राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो।

अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताउनुभयो। उनीहरुसँगै व्यवसायी राकेश अडुकिया पनि थुनामुक्त भएका हुन्। नयाँ दिल्ली हुँदै काठमाडौँ आएका उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय किलो सुन प्रकरणको अनुसन्धानको क्रममा केही अघि राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो । रोहन उनैका छोरा हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू