अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

समयमै उपचार नपाउँदा हुम्लामा झाडापखालाबाट दुई बालकको ज्यान गयो

बिआरटीनेपाल २०८० साउन २७ गते ५:४३ मा प्रकाशित

हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ ।सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधवार ज्यान गएको जानकारी पाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताउनुभयो ।

इमरानलाई जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालककाे ज्यान गएको हो । हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण समस्या छ ।

त्यस्तै, झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई परिवारले घरमै लगेका र पछि ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । कर्णाली प्रदेशको हुम्ला भौगोलिक हिसाबले अति दुर्गम क्षेत्र हो । राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको हुम्लाबाट आवतजावत गर्न भरपर्दो विकल्प हवाई मार्ग हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू