अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

कर फर्छ्यौट आयोग भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

बिआरटीनेपाल २०८० जेठ १८ गते ६:१७ मा प्रकाशित

विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन ।विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले आगामी २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको बताउनुभयो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले २५ गतेका लागि छुट्टै पेशी तोकिएको हो । यस आधारमा उनीहरुलाई कम्तीमा ३ वर्ष कैद सजाय हुनेछ ।

विशेष अदालतले सहसचिव शर्मालाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको छ । शर्माविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोग पुष्टि नभएको प्रवक्ता योगीले बताउनुभयो ।२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा। रामशरण महतले कर फस्यौंट आयोग गठन गर्नुभएको थियो । चाटर्ड एकाउन्टेन्ड लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा उमेश ढकाल सदस्य हुनुहुन्थ्यो ।

उनी महालेखा परिक्षकको कार्यालयमा लामो समय काम गरेका चाटर्ड एकाउन्टेन्ट हुन् । आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणी शर्मा आयोगको सदस्य सचिव थिए ।कर फस्यौंट आयोगका पदाधिकारीहरुले ३० अर्ब ५२ करोड रुपैंया कर विवाद फस्यौंट गरी ९ अर्ब ५४ करोड रुपैंया मात्रै असुल गर्ने निर्णय गरेका हुन् । आयोगको उक्त विवादास्पद निर्णयका कारण राज्यकोषमा करिव २१ अर्ब रुपैंया नोक्सान भएको थियो । कर फस्यौंट आयोगले आर्थिक वर्ष २०६९र७० सम्मको कर विवाद फस्यौंट गर्ने कार्यादेश पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू