अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

भारत र नेपालबीच अन्तरदेशीय भुक्तानी सम्झौता

बिआरटीनेपाल २०८० जेठ १८ गते ५:०२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दहालको भारत भम्रणको क्रममा बिहीबार भारत र नेपालबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान र एनपिसिआइ इन्टरनेशनल पेमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाबीच सम्झौता पत्र आदान–प्रदान भएको हो।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा यो सम्झौता भएको हो।”यो सम्झौताले विद्यार्थी, तिर्थयात्री र उपचारमा आउने बिरामीलाई सजिलो हुने भएको छ”,भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले भन्नुभयो,”यो सम्झौताले नेपालबाट भारत जाने वा त्यहाँबाट यहाँ आउनेले सहज रूपमा कारोबार गर्न सक्नेछन्, दुवै देशका नागरिकले आफ्नै मुलुकबाट समेत एक अर्को देशबीच भुक्तानी गर्न सक्नेछन्”।

यो सम्झौताले नेपाल र भारतको भुक्तानी प्रणाली एकीकृत (इन्टिग्रेटेड) हुने पौडेलले बताउनुभयो । उहाँका अनुसार विस्तृत जानकारी दुवै राष्ट्रको तर्फबाट जारी हुने संयुक्त विज्ञप्तिले दिनेछ। भारतीय सञ्चार माध्यमहरूले भने भारतीय नागरिकहरूले नेपाल भ्रमणमा आउँदा भारत पे, फोन पे, गुगल पे र पेटिएम जस्ता मोबाइल वालेटबाट यहाँ भुक्तानी गर्न सक्ने अवस्था आउने उल्लेख गरेका छन्। त्यस्तै, भारत र नेपालमा क्युआर कोडको माध्यमबाट पनि भुक्तानी सहज हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू