अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

युक्रेनले रुसी जनतालाई तर्साउन खोजेको रुसी राष्ट्रपति पुटिनको दाबी

बिआरटीनेपाल २०८० जेठ १७ गते ६:३५ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनले रुसलाई तर्साउन खोजेको दाबी गर्नुभएको छ ।मंगलबार मस्कोमा भएको ड्रोन आक्रमणप्रति प्रतिक्रिया दिँदै पुटिनले रुसी जनतालाई निशाना बनाएर तर्साउन खोजेको आरोप लगाउनु भएको हो ।रुसी टेलिभिजनमा बोल्दै उहाँले रुसी प्रतिरक्षा प्रणालीले युक्रेनी आक्रमणलाई निस्तेज (कमजाेर) बनाएको पनि बताउनुभयो । रुसी रक्षा मन्त्रालयले भने युक्रेन मस्कोमा निशाना बनाउँदै आठ वटा ड्रोन आक्रमण गरेको तर, त्यसबाट केही भवनमा सामान्य क्षति मात्रै भएको जनाएको छ ।

रुसी बिदेश मन्त्रायलये पश्चिमी राष्ट्रहरुको समर्थनमा युक्रेनी नेतृत्वले आतंककारी र आपाराधिक गतिविधि बढाएको आरोप लगाएको छ । युक्रेनले भने आफ्नोतर्फबाट मस्को लक्षित गरी कुनै पनि आक्रमण नगरेको दाबी गरेको छ ।रुसले गत सोमबार रातीदेखि युक्रेनी राजधानी कीभमा पटक-पटक आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू