अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

काभा भलिवल: नेपाल भारतसंग पराजित, फाइनल प्रवेशका लागि काजकस्तानसँग खेल्ने

बिआरटीनेपाल २०८० जेठ १० गते ६:०२ मा प्रकाशित

काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ ।

नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजकस्तानबीचको खेल शुक्रबार हुने छ ।बुधबारै भएको समूह बी अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजाकस्तान समूह विजेता बनेको थियो ।

सुरुवाती दुई सेट क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो ।चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक भए पनि एक समय नेपालले १८–१५ को अग्रता बनाएर आशा जगाएको थियो । तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा भारतले १० अंक जोडेर खेल जित्न सफल रह्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू