अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

सन्दीपको मुद्दामा ४ घण्टाबढी बहस तर अर्थहीन, अर्को पेशी २४ वैशाखमा

बिआरटीनेपाल २०८० वैशाख ११ गते ६:४४ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम वहश सोमबार सुरु भयो। न्यायाधिश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टाबढी बहस गरीसकेका थिए। न्यायधिशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखेर निरन्तरता दिनु पर्ने हुन्छ तर न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दा हेर्दैमा नराखेपछि आज दिनभर भएका बहस अर्थहीन भएका छन्।

न्यायाधिश ढकालले सुरुवातमा मुद्दा हेर्दाहेर्दैमा राख्न सक्ने संकेत गर्नुभएको थियो ।। तर अन्तमा उहाँले माइन्ड चेन्ज गर्दे हेर्न नभ्याइने आदेश गर्नुभयो । जसका कारण अब पुन अदालतले इजालास तोक्नु पर्ने छ। यसको अर्थ अन्य न्यायाधिशको इजालासमा पनि उनको मुद्दा पर्न सक्ने छ। जसका कारण सोमबार भएका वहस अर्थहीन भएका हुन्। अव सन्दीपको मुद्दामा पुन २४ गतेका लागि पेशी तोकिएको छ। सरकारी पक्षबाट नारायण चौंलगाँई, लेखनाथ भट्टराई, सरकारी वकिल लगायतले बहस गरिसकेका थिए।

तर सोमबार दिनभरको वहस अर्थहीन भएको हो। सन्दीपका वकिल सरोजकृष्ण घिमीरे भन्छन ‘आज दिनभर वहस भयो। वहसपछि मुद्दा हेर्दा हेर्दैमा राख्नने मनस्थितिमानै न्यायाधिश ज्यु हुनुहुन्थ्यो तर उहाँले अन्तिममा समय अभावका कारण हेर्न नभ्याइनेमा राख्दिनु भयो।’ उहाँले आज दिनभर भएको वहसको अर्थ नभएको बताउनुभयो। घिमीरेले भन्नुभयो, ‘आज ३,४ घन्टा भएको वहसको अव अर्थ छैन्। पुन अर्को इजालासमा सुरुवातबाटै बहस हुने छ।’

बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साँक्षीको बयान लिन अदालतले आदेश दिएको थियो। ६ वैशाखमा अदालतले पिडीत भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो। यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा पटक-पटक पेशी भएपनि अन्तिम किनारा लाग्न सकेको छैन्।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाईमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उहाँलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो। सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू