अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

दुई सातापछि उठ्याे सिंहदरबारको फोहोर

बिआरटीनेपाल २०८० वैशाख ११ गते ६:१९ मा प्रकाशित

दुई सातापछि सिंहदरबारको फोहोर उठेकाे छ ।सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको काठमाडाैं नगरपालिकाले जनाएकाे छ ।सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठ्न थालेकाे हाे ।

मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन । महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले फाेहर नउठाउन निर्दशन दिएका दिनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू