अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

देशभर २४ घण्टामा १ सय १३ जनामा काेराेना सङ्क्रमण

बिआरटीनेपाल २०८० वैशाख ११ गते ६:०८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर एक सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय १० जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७२ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको  छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २९ जना संस्थागत आइसोलेशन, चार जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू