अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

आजै राति देखि उपनिर्वाचनको मतगणना सुरू हुने

बिआरटीनेपाल २०८० वैशाख १० गते ७:०२ मा प्रकाशित

आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ। मतदानको समय सकिएपछि सेतोपाटीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताउनुभयो ।‘अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्‍याउने काम हुन्छ,’ उहाँले भन्नुभयो ,‘त्यसपछि मतगणना सुरू हुन्छ।’

बारा(२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने थपलियाले बताउनुभयो । ‘तनहुँ-१ गणनास्थलमा मतपेटिका पुर्‍याउनै १० बज्छ होला, त्यहाँ राजनीतिक दलहरूले मान्नुभयो भने राति १२ बजे भए पनि मतगणना सुरू गर्छौं,’ थपलियाले भन्नुभयो । चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ।

‘९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ थपलियाले भन्नुभयो । यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने उहाको भनाई छ । भोलि साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारीमा आयोग रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू