अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

सञ्चार उपकरणमा समस्या आउँदा प्रभावित भएकाे त्रिभुवन विमानस्थलकाे उडान नियमित

बिआरटीनेपाल २०८० वैशाख १० गते ६:०१ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएका कारण प्रभावित भएको उडान नियमित भएको छ । आज आइतवार दिउँसो विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान प्रभावित भएकोमा प्राविधिक मर्मतपछि सेवा नियमित भएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडान प्रभावित भए पनि आकाशमा भएका जहाजलाई अवतरण गराउने काममा भने समस्या भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू