अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनभित्र समाधान हुन्छ : प्रवन्ध निर्देशक घिसिङ

बिआरटीनेपाल २०८० वैशाख १० गते ५:५९ मा प्रकाशित

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताउनुभएको छ ।आइतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उहाँले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताउनुभएको हो ।उहाँले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गर्नुभयो । उहाँले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गर्नुभयो ।

प्रवन्ध घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताउनु भयो । उहाँले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताउनु भयो ।उहाँले गत वर्ष धेरै अफ्ठ्याराे रो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताउनु भयो । उहाँले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको बताउनु भयो । प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाँले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी बताउनु भयो ।

उहाँले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताउनु भयो। उहाँले अहिले समस्या समाधान भइसकेको र शनिवारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी गर्नुभयो । उहाँले गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताउनु भयो । उहाँले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादन समेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताउनु भयो ।

उहाँले नेपालको कुल जडित क्षमता करिव २५०० मेगावाट पुगेको बताउनु भयो । उहाँले स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताउनु भयो । उहाँले पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्ने गरेको बताउनु भयो । उहाँले विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताउनु भयो । उहाँले बिहान बेलुकी पीक आवरमा भने दिन नसकिएको स्वीकार गर्नुभयो ।

प्रवन्धक निर्देशक घिसिङले आगामी १०/१५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताउनु भयो । उहाँले यो वर्ष करिव २८०० मेगावाट विद्युत प्रणालीमा पुग्ने भन्दै नेपालको माग २००० मेगावाटसम्म पुग्ने अनुमान रहेको बताउनु भयो । उहाँले पीक आवरको माग भने करिव १७५० मेगावाट पुगेको बताउनु भयो । उहाँले औसत विद्युतको माग करिब १३०० मेगावाट र बेस लोड १२०० मेगावाट रहेको बताउनु भयो । उहाँले विद्युत माग पूरा गरेर नेपालबाट करिव १२०० मेगावाट विद्युत निर्यात गर्र्ने गरी प्राधिकरणले योजना बनाइरहेको बताउनु भयो। उहाँले जेठको पहिलो हप्ताबाट नै विद्युत निर्यात गर्ने बताउनु भयो । उहाँले सर्ट समयको लागि सुक्खाको कारण भएको समस्यालाई ठूलो समस्याका रुपमा लिन नहुने बताउनु भयो ।

उहाँले उद्योगहरुले अहिले लोडसेडिङ भयो भनेपनि गत वर्ष उद्योग नचलेको कारण धेरै विद्युत खेर गएको बताउनु भयो । उहाँले उद्योगीहरुले वर्षामा उद्योग नचलाउने भएकाले वर्षाको विद्युत खेर फाल्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले विद्युत माग अनुसार पाउनको लागि उद्योगहरुले तालिका बनाएर सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो । जाडो महिनामा काठमाडौं र पोखरामा र गर्मी महिनामा तराईमा विद्युतको माग धेरै हुने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू