अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छ : झलनाथ खनाल

बिआरटीनेपाल २०८० वैशाख १० गते ५:५१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताउनुभएको छ ।आइतबार नेकपा(एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धी, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै नेता खनालले देशको संस्कृति माथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको बताउनुभएको हो ।

उहाँले देशमा सांस्कृतिक संकट गहिरिदै गएको बताउनुभयो । उहाँले पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूला–ठूला भवनहरु बनेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । त्यसैगरी देशको राष्ट्रियता पनि संकटमा परिरहेको उहाँले बताउनुभयो ।

खनालले विदेशी सैनिकहरु नेपाल आएर नेपाली सैनिकलाई प्रशिक्षण दिइरहेका भन्दै त्यसको आवश्यकतामाथि प्रश्न उठाउनुभयो । उहाँले विदेशी सेनालाई नेपालमा ल्याउन कसले प्रोत्साहन गरिरहेको छ भनि प्रश्न गर्नुभयो । उहाँले देशको समस्याहरु समाधान गर्नका लागि विचार मिल्ने वामपन्थी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू