अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाए- केपी ओली

बिआरटीनेपाल २०८० वैशाख ९ गते ७:५९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ध्वस्त बनाएको आरेप लगाउनुभएको छ । कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुई तिहाईको अवस्थामा पुगेपनि प्रचण्ड र माधव नेपालहरू सस्तोमा बिकेका कारणले ध्वस्त बनाएको उहाको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उनीहरू कतिमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरूले नबुझेको समेत बताउनुभयो । ‘कुनै पनि कम्युनिष्टहरू हाम्रै पार्टीबाट गएका हुन है। प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिष्ट पार्टीबाट ऐझेरू पलाएझैं पलाएको त हो नि। २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र। यो पार्टी त पछिसम्म एउटै थियो,’ ओलीले भन्नुभयो, ‘दुई तिहाई पुर्‍यायौं हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर। पार्टी एकता र एकीकरण गरेर। तर टुप्पामा बस्ने नेताहरूलाई सही सक्नु भएन। र, उनीहरू विके। यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला।’

ओलीले भन्नुभयो, ‘कुनै कारणविना कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मुल्यमा।के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो। बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौं। तर भित्री कुरा हामीलाई थाहा छैन।’ अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टीको झन्डा बोकेर हिँड्नु नै बेकार रहेको पनि बताउनुभयो। उहाँले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्ष भित्र मुलुकबाट गरिबी समाप्त पारिदिने दाबी समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू