अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

बिआरटीनेपाल २०८० वैशाख ९ गते ७:५३ मा प्रकाशित

‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान तीन बजेर ४५ मिनेटमा ललितपुरमा रहेकाे मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले जानकारी दिनुभयो ।

लिम्बू छ महिनादेखि बिरामी हुनुभएको थियो । झापामा रहेकाे बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । लिम्बूलाई नखिपोटमा रहेकाे घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उहाँलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उहाँका छोरा मोहनले जानकारी दिनुभयो । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाण्डौ ल्याइएको थियो । उहाँ मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू