अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

‘न्याय दिने प्रक्रिया सुरु भइसक्यो, आन्दोलन फिर्ता लिनुस्’-सरकार

बिआरटीनेपाल २०८० वैशाख ७ गते ७:३४ मा प्रकाशित

सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उहाँले भन्नुभयो, ‘उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।’

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि मन्त्री शर्माले आग्रह गर्नुभयो ।   मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले त्यो  समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू