अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

पूर्व अध्यक्षसहित २३ जनाविरुद्ध अख्तियारमा मुद्दा

बिआरटीनेपाल २०८० वैशाख ७ गते ७:३० मा प्रकाशित

पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।लक्ष्मीपुर–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने गरेको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आरोपपत्रमा तत्कालीन गाउँपालिकाका अध्यक्ष साह, उपाध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, उपभोक्ता समिति अध्यक्षसहित २३ जनालाई विपक्षी बनाइएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन गाउँपालिका अध्यक्ष साहसँग भ्रष्टाचार ऐनबमोजिम ३१ लाख ७४ हजार ४६७ बिगो, कैद र जरिवाना माग गरिए पनि उपाध्यक्ष यादवसँग भने बिगो माग गरिएको छैन । उपाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू