अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

‘देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ’-प्रकाण्ड

बिआरटीनेपाल २०८० वैशाख ७ गते ७:२९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले देशको अस्तित्व संकटमा पर्न लागेको बताउनुभएको छ ।बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताउनुभयो । उहाँले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताउनुभयो ।

उहाँले एमसीसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताउनुभयो । उहाँले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्नुभयो । प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताउनुभयो ।

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताउनुभयो । राजनीति केवल सत्ता र कुर्सिको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उहाँले बताउनुभयो । उहाँले सत्ता र कुर्सिको स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग सौदाबाजी भइरहेको उहाँले आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बैशाख ९ गते आफ्नो पार्टीले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने बताउनुभयो । कार्यक्रममा देशका कम्युनिष्ट तथा बामपन्थी १० वटा राजनीतिक पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो । करिब १५ हजार मानिसहरुको सहभागिता हुने सो कार्यक्रममा शिर्ष पार्टीका नेताहरुलाई समेत निमन्त्रण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू