अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

प्रधानमन्त्री प्रचण्डको को भारत भ्रमण तय भइसक्यो : सञ्चारमन्त्री शर्मा

बिआरटीनेपाल २०८० वैशाख ७ गते ७:२७ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताउनुभएको छ ।बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भए पनि टुंगो नलागेको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीले भ्रमणमा कस्ता विषय छलफलमा समेट्ने तय नभएको बताउनुभयो ।

मन्त्री शर्माले भारत भ्रमणमा दुई देशीय हित, सीमासम्बन्धी विषय, कृषि, पूर्वाधार विकासलगायत विषयमा नियमित संवाद हुन सक्ने बताउनुभयो ।अर्को प्रसंगमा मन्त्री शर्माले शर्माले मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितलाई घर फर्किन आग्रह गनुभयो ।

उहाँले सरकारले मिटरब्याजलाई फौजदारी अपराधको रुपमा लिएर कारबाही गर्ने गरी कानूनी प्रबन्ध गर्ने गरी आयोग गठनको प्रक्रिया अघि बढाइसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू