अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

उपनिर्वाचन : राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

बिआरटीनेपाल २०८० वैशाख ७ गते ७:२३ मा प्रकाशित

प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आउँदो आइतबार हुने उपनिर्वाचनको अन्तिम प्रचार प्रसार बिहीबार राति १२ बजेपछि सकिँदैछ ।बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको प्रचार प्रसार बिहीबारसम्म मात्र गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । बैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने आयोगले जनाएको छ । मतदान सुरु हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारलाई १२ बजेसम्म मात्र प्रचार प्रसारको समय रहेको हो । मौन अवधि सुरु भएपछि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनको उम्मेदवारी दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा यसले ठूलो आकार पाएको छ । देशका सबै राजनीतिक तीन वटा निर्वाचन क्षेत्रमा केन्द्रित भएको देखिएको छ । आमनिर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुन लागेको भए पनि यसले आवधिक निर्वाचनकै जसरी राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको पाइएको छ ।

सत्तारुढ दलहरूको गठबन्धन, उम्मेदवारको पृष्ठभूमि र दल अदलबदलले पैदा गरेको राजनीतिक द्वेषले उपनिर्वाचनमा रौनक थपेको छ भने त्यही कारण दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् । दलहरूले उपनिर्वाचनमा आफ्नो दलको जित वा हार हुनुलाई संसद्मा एउटा सांसद थपिने वा गुम्ने अर्थमा मात्रै लिएका छैनन् । उपनिर्वाचनको परिणामलाई दल, दलको नेतृत्वको प्रतिष्ठा र राजनीतिक भविष्यसँग जोडेर प्रतिष्पर्धाको विषय बनाएका छन् । जसले तीन निर्वाचन क्षेत्रमा मात्र भएको उपनिर्वाचनले देशैभर तरंग मच्चाएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू