अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

राजस्व संकलनमा तदारुकता देखाउन अर्थमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०८० वैशाख ७ गते ६:५४ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले  इमान्दारीकासाथ राजस्व संकलनमा तदारुकता देखाउन आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।उहाँले कडाइका साथ राजस्व संकलनमा लाग्न पनि कर्मचारीको ध्यानाकर्षण गराउनुभएको छ ।बिहीबार आन्तिरक राजस्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री महतले निर्देशन दिनुभएको हो ।

नक्कली भ्याटवील र कर छली बढेको भन्दै छानविन गरेर कारबाही गर्न पनि उहाँले निर्देशन दिनुभयो । एउटा राजस्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिन्छ । एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ठ परिवेश होला ? संकलन दर सबैतिर सामान्यत एकैप्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ भन्दै मन्त्री महतले विभाग प्रमुखहरुलाई प्रश्न गर्नुभएको थियो । राजस्वक संकलन कार्य प्रगतिबाट नै कर्मचारीहरुको मूल्यांकन हुने समेत उहाँको भनाई थियो ।

लक्षित राजस्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्ने आफुले पूर्ण अपेक्षा गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू